जुम्ला -जुम्लाको नाग्म-गमगडी राजमार्ग अन्तर्गत कनकासुन्दरी-४ ठगुनेरामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
जुम्लाको गुठीज्युलाबाट मुगुका लागि छुटेको भे १ ज १०९९ नम्बरको जीप आज बिहान दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको हो ।
ज्यान गुमाउनेहरुको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।
दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको उहाँले बताउनु भयो ।