सुदूरपश्चिम सितोरियो कराँते संघमा बैज चयन

बैतडी -सुदूरपश्चिम प्रदेशमा सितोरियो कराँते संघ गठन गरिएको छ ।संघको प्रथम प्रदेश अधिवेशनबाट अध्यक्षमा कञ्चनपुरका यज्ञराज बैजसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
संघको उपाध्यक्षमा बैतडीका राजबहादुर कार्की, डडेल्धुराका ओमप्रकाश पन्त, कैलालीका उमा महतो, कञ्चनपुरका कृष्णबहादुर चन्द, सचिवमा कैलालीका अमित प्रताप सिंह, सहसचिवमा अछामका चक्रबहादुर रोकाया, कोषाध्यक्षमा कैलालीका बबरजंग शाही चयन हुनुभएको छ ।
यस्तै (डडेल्धुरा), महेन्द्र कुँवर (कञ्चनपुर), राजेन्द्र बहादुर विष्ट (दार्चुला), भागरथी खत्री (अछाम), गिता महरा (दार्चुला) र बिमला खत्री ( कञ्चनपुर) चयन हुनुभएको छ ।
कार्यसमितिको कार्यकाल ३ वर्षको हुने नवगठित संघका उपाध्यक्ष राजबहादुर कार्कीले जानकारी दिनुभयो ।
नवगठित कार्यससमितिले सुदूरपश्चिममा सितोरियो कराँतेको विकासका लागि काम गर्नेछ ।

Leave A Reply

Your email address will not be published.