बैतडी । डडेल्धराको अजयमेरु गाउँपालिका-०५ मटेलामा रहेको केदार शिशु सुधारक माद्यमिक विद्यालयको ६२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। आईतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बबाली सिंह खडकाको सभापतित्वमा र अजयमेरु गाउँपालिकाका उपाध्यक्ष बसन्ती पालको प्रमुख अतित्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका विशिष्ट अतिथी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर सेठी, वडा न ५ का वडा अध्यक्ष राज शहादुर पाल, वडा न ६ का वडा अध्यक्ष हरि सिंह भण्डारी रहनु भएको थियो। कार्यक्रममा बिद्यालयमा भएका बिभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता संगै कक्षामा उत्कृष्ट हुने विद्यार्थिलाई पुरस्कृत गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण दत्त पन्तले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। विद्यालयकका शिक्षक प्रदिप सिंह ऐडीले स्वागत मन्त्यव्य राखेको कार्यक्रमको संचालन शिक्षक कृष्ण दत्त भट्टले गरेका थिए।
विद्यालयमा अहिले २ सय ७० बिद्यार्थी अध्ययनरत रहेका छन। २०१८ सालमा प्रावि तहबाट अध्यापन सुरु भएको सो विद्यालयमा २०६७ सालदेखि मावि तह सम्मको अध्यापन हुँदै आएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पालले समग्र अजयमेरु गाउपालिकाको शैक्षिक स्तर सुधार गर्न पालिका प्रतिबद्ध रहेको समेत बताउनु भएको थियो। पालिकाबाट हुने र आफुले बिभिन्न माथिल्लो निकायसगं समन्वय गरी शिक्षा प्रणालीमा कसरि सुधार ल्याउन सकिन्छ भनि पहल गर्ने बताएका थिए।
कार्यक्रममा बिभिन्न बिभिन्न संघ सस्थामा आबद्ध कर्मचारी, राजनिति दलका प्रतिनिधि, समाजसेबी, सञ्चारक्रर्मी र स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रममा सास्कृतिक एंब मनोरञ्जनात्मक प्रस्तुतीहरु देखाईएको थियो।
कार्यक्रमलाई सामुदायिक रेडियो मेलौली एफएमले दिनभर प्रत्यक्ष प्रशारण समेत गरेको थियो।