बैतडी -मेलौली नगरपालिका वडा न- १ मा भोली (मंगलबार) सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिमेलीको मौलिक पर्व रुपमा रहेको गौराको अवसरमा वडा कार्यालयले भदौ १९ गते वडामा सार्वजनिक बिदा दिएको हो।
सोमबार एक सूचना प्रकाशित गर्दै वडाले सार्वजनिक बिदा दिएको हो। केही ठाउँमा भदौ ७ गते गौरा मनाइसकिएको छ भने बाँकी ठाउँमा आजदेखि गौरापर्व शुरु भएको हो ।