बैतडीको मेलौलीमा नेपाल रेडक्रस सोसाइटीको अर्ध बार्षिक समीक्षा बैठक सम्पन्न

बैतडी । बैतडीको मेलौलीमा नेपाल रेडक्रस सोसाइटीको पालिका स्तरीय अर्ध बार्षिक समीक्षा बैठक सम्पन्न भएको छ। सुरक्षित नेपाल परियोजनाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो।

बैठकमा जनवरी २०२३ देखि जुन २०२३ सम्म सम्पन्न गतिविधीहरुको समीक्षा, जुलाइ २०२३ देखि डिसेम्वर २०२३ सम्म सञ्चालन गरिने गतिविधीहरुको जानकारी, परियोजनाका गतिविधी सम्पन्न गर्दा सम्वन्धित विषयगत शाखाको समवन्य र सहकार्य समपन्न गर्ने लगायतको विषयमा छलफल गरिएको नेपाल रेडक्रस सोसाइटी बैतडी जिल्ला शाखाका फिल्ड कोर्डिनेटर कमला राईले बताइन् ।

नेरेसो बैतडी शाखाका मन्त्री रमेश सिह भण्डारीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। समिक्षा बैठककी प्रमुख अतिथि मेलौली नगरपालिका नगर उप–प्रमुख पार्वती बोहरा बिष्ट रहनु भएको थियो। यसैगरी बैठकमा नगरपालिकाका ९ वटै वडाका वडा अध्यक्ष, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक, पत्रकार लगायतको सहभागिता रहेको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.