बैतडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट आज मेलौली आउने भएका छन। मणिलेक माबि कांणाको ७६ औँ बार्षिकोत्सब तथा अभिभावक दिबसको उद्घाटन गर्न मन्त्री भट्ट मेलौली आउने कार्यक्रम तय भएको जनाईएको छ।
बिद्यालयको ७६ औ बार्षिकोत्सब तथा अभिभावक दिवसमा प्रमुख अतिथिको रुपमा मन्त्री भट्ट आउने बिद्यालयका प्रधानाध्यापक देबदत्त कलौनीले बताए। कार्यक्रम बिहान ९ बजेदेखि सञ्चालन हुने उनले बताए।
मन्त्री भट्ट सोमबार बैतडी पुगेसगै गृह जिल्ला बैतडीमा स्वागत गरिएको छ। मन्त्री भएपछि पहिलो पटक बैतडी आउनु भएका मन्त्री भट्टको खोडपेमा स्वागत गरिएको हो। स्वागत कार्यक्रममा पाटन नगरपालिकाका नगर-प्रमुख गौरी सिंह रावल, नेपाली कांग्रेस बैतडीका कार्यवहाक सभापति बीर बहादुर बिष्ट, पाटन नगरपालिका-८ का नि-वर्तमान वडा अध्यक्ष पृथ्वीराज पन्त लगातय स्थानीयहरुको सहभागितामा खोडपेमा स्वागत कार्यक्रम गरिएको हो।
बिगतको सरकारले झिना मसिना कार्यक्रमलाई पनि क्रमागतमा राखेको हुनाले वर्तमान सरकार समक्ष दायित्व थपिएका हुनाले आगामी आर्थिक वर्षबाट प्रदेश पहिचानका कार्यक्रम ल्याउनेमा सरकार प्रतिबद्ध रहेको बताए। यसैगरी प्रदेशको समग्र विकासका लागि आवश्यक नीति निर्माणमा सरकार लागिपरेको समेत मन्त्री भट्टले बताए।
मन्त्री भट्ट जिल्लाको प्रदेश सभा क्षेत्र न.२ बाट निर्बाचित भएका सांसद हुन।