कैलालिमा जंगली जनावरका लागि थापेको विद्युतीय तारमा परेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित रहेको होल्डिङ सेन्टर नजिकै जंगली जनावरका लागि खेतमा राखिएको विद्युतीय तारमा परेर सोही ठाउँकि मञ्जु कुँवरको मृत्यु भएको छ । ३२ वर्षीया कुँवरको गएराति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले बताएको छ।
जंगली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा धराप थाप्ने जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।