बैतडी । नेपाल रेडक्रस सोसाईटी बैतडी शाखाका मन्त्री रमेश सिह भण्डारीले मेलौलीको मणिलेक माबि तल्लो स्वराड क्षेत्रका तिन पालिकाको मुटु रहेको बताएका छन। मणिलेक माबिको ७६ र्औँ बार्षिकोत्सब तथा अभिभावक दिवसमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन।
आफ्नो ब्यक्तिगत तथा नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय बैतडीको तर्फबाट हुन सक्ने हरेक प्रकारको सहयोग बिद्यालयलाई गर्ने बताएका हुन। मणिलेक माबि तल्लो स्वराड क्षेत्रकै एक उत्कृष्ठ बिद्यालय भएकाले यो बिद्यालयका समस्या हरु कोहिले पनि समाधान गर्नुपर्ने बताएका हुन।
कार्यक्रममा प्रमुख अथितिका रुपमा आउनु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टलाई यो बिद्यालयको चौतर्फि बिकासका लागि कदम चाल्न आग्रह समेत गर्नुभयो। मन्त्री भट्ट यसै क्षेत्रका सांसद भएकाले पनि पहिलो कर्तब्य यो क्षेत्रको बिकास गर्नु रहेको समेत बताएका थिए।