दुई बर्ष भित्र जिल्लाभरी पूर्ण रुपमा बिद्युत बिस्तार हुन्छ, कानुन मन्त्री भट्ट

बैतडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले दुई बर्ष भित्रमा बैतडी जिल्लाभरी बिद्युत बिस्तार हुने बताएका छन। मणिलेक माबिको ७६ र्औँ बार्षिकोत्सब तथा अभिभावक दिवसमा आफ्नो धारण राख्दै यस्तो बताएका हुन।

जिल्लाका अधिकांस नागरिकहरु अझै अन्धकारमा बस्न बाध्य भएकाले दुई बर्षभित्रमा जिल्लाभरी बिद्युत प्रशारणको केन्द्रिय लाईन जडान भईसक्ने बताएका हुन। जिल्लाभरीमा बिद्युत बिस्तारका लागि बिद्युत प्राधिकरणले कार्यक्रम बनाई सकेको र ठेक्का पनि भईसकेको बताएका हुन।

यसैगरी मन्त्री भट्टले आफु बैतडीको तल्लो स्वराड क्षेत्रप्रति पुर्ण रुपमा बफादार रहेको समेत बताएका छन, “स्वराड मेरो घर हो, म यस क्षेत्रमा नागरिक हु त्यहि भएर स्वराडका हरेक समस्या समाधान गर्ने मेरो पहिलो कर्तब्य हो।”

मेलौलीमा बिकराल रुपमा रहेको खानेपानीको समस्या समाधान पनि चाडै हुने बताएका छन। केहि महिना अगाढी मुख्यमन्त्री कमल बहादुर शाहाले मेलौलीमै आएर खानेपानीको समस्या समाधान गर्ने बाचा छिट्टै पुरा हुने जनाएका छन।

जुन क्षेत्रका नागरीकहरुले आफुलाई अमुल्य मत दिएर राम्रो उचाईमा पुर्याए तिनिहरुका हरेक समस्या समाधान गरिने पनि मन्त्री भट्टले बताए। उनले भने,“ मेरो राजनिति जनताको लागि हो, म कुनै पनि प्रलोभनमा परेको छैन र पर्ने छैन, यहाको शिक्षा, स्वास्थ्य, खानेपानि, बिद्युत, सडक लगायत आवश्यक बिकासका काम पहिलो चरणमा हुन्छ।”

यसैगरी मन्त्री भट्टले आफुलाई बोलाई याहाका हरेक समस्या थाहा पाउने, जनतासगं भेटघाट गर्ने र मिठो आतिथ्यको लागि मणिलेक माबिलाईं धन्यबाद दिएका छन। मणिलेक माबिको आर्थिक, भौतिक र शैक्षिक अवस्था सुधारका लागि प्रदेशबाट हुने हरेक किसिमको सहयोग गर्ने र माथिल्लो निकायसंग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन।

मन्त्री भट्ट जिल्लाको प्रदेश सभा क्षेत्र न.२ बाट निर्बाचित भएका सांसद हुन।

Leave A Reply

Your email address will not be published.