भदौ ७ गते नमनाएका ठाउँमा सुदूरपश्चिमको मुख्य पर्व गौरा अन्तर्गत आज अठ्यावाली मनाइँदैछ। हिजो गौराघरमा भित्र्याएको गौरालाई आज गौरा खलामा लगेर ब्रतालु महिलाहरुले पूजाआजा गर्ने गर्दछन्।
बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ। ब्रतालु महिलाहरुले भगवान गौरा-महेश्वरमा आधारित सगुन फाग गाएर गौरादेवीको पूजा गर्ने गर्दछन्। ब्रतालु महिलाहरुले दिनभरी गौरादेवी पूजाआजा गरी आजै दुबधागो समेत धारण गर्ने परम्परा रही आएको छ।
ब्रतालु महिलाहरुले गौरादेवीको पूजन गरिसकेपछि गौराको प्रसादको रुपमा रहेको बिरुडाले आफन्त तथा मान्यजनहरुको टाउको पुज्ने चलन रही आएको छ। यस्तै गौरापर्वको अवसरमा विभिन्न देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रही आएको छ।
यस्तै सामूहिक रुपमा देउडा खेल्ने चलन समेत रही आएको छ। पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ।