बैतडी । चितुवाको आक्रमणबाट घाईते भएकि किशोरीलाई डडेल्धुरा रेफर गरिएको छ। बैतडीको पञ्चेश्वर गाउपालिका-०३ बगरेठी मेलडुङरीकी १७ वर्षीय पुजा लुहारलाई मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट डडेल्धुरा रेफर गरिएको छ।
टाउकोमा चोट भएकाले सिटिस्कान गर्नै पर्ने हुदा डडेल्धुरा रेफर गरिएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। यहाँ उपचार गर्दा बेहोसमा रहेकी पुजा होसमा आएकी छन्, सिटिस्कान र अन्य थप सुविधा नभएकोले डडेल्धुरा पठाएको डक्टर सञ्जीन केसिले बताए।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार चितुवाको आक्रमणबाट घाइते भएकी पुजाका अवस्था खतरामुक्त रहेको भएपनि सिटिस्कानका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको हो। पुजालाई आज मध्यान्ह साढे १२ बजेतिर घर नजिकै तालिगाडरोल बनमा घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरेको हो।
गाउँका चार पाँच जनाको समूहमा घाँस काटिरहेकी पुजालाई चितुवाले आक्रमण गरेको पञ्चेश्वर गाउँपालिका ३ का वडाअध्यक्ष मीन बहादुर चन्दले बताउनुभयो। उहाँले भन्नुभयो,“गाउँकै चार/पाँच जनासंगै घाँस काटिरहेकि पुजाले चितुवाले आक्रमण गरेको रहेछ। आक्रमणपछि चितुवाले पुजालाई घिस्रेर चार पाच सय मिटर तल लगेकी जनाईएको छ।
चितुवाले पुजामाथि आक्रमण गर्दा संगै घाँस काटिरहेकाहरुले हो-हल्ला गर्दा चितुवा पुजालाई छाडेर भागेको हो। दिउसैं चितुवाले किशोरीमाथि आक्रमण गरेपछि स्थानीय नागरिक त्रसित भएका छन्।
तल्लो स्वराडमा गएको १२ वर्षयता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ।