बैतडी– बैतडीको मेलौली स्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा क्वाटरली एआरटी मिटीङ गरिएको छ ।
एचआई भी संक्रमीतको निःशुल्क जाँच, परामर्श, हेरचाहमा थप सहयोग गर्नका लागि बैतडी प्लासको साझेदारीमा सो मिटिङ गरिएको एचए सरोज भट्टले बताए ।
उक्त मिटिङमा जनप्रधिनिधिसंग संक्रमितको पोषण, पौष्टिक सहयोग, आयमुलक, सीपमुलक लगायतका कार्यक्रम गर्न सहयोग गर्न अनुरोध समेत गरिएको भट्टले बताए । अहिले केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र बाट २५ जना एचआईभी संक्रमितले सेवा लिरहेका छन ।