बैतडी । शिबनाथ गाउँपालिका–०२ शर्मालीमा खुल्ला पुरुष देउडा प्रतियोगिता सम्पन्न भएको छ। शर्माली बजार व्यवस्थापन समिति र ब्राईट स्टार स्पोर्टस क्लबको सयुक्त आयोजनामा बिहीबार खुल्ला पुरुष देउडा प्रतियोगिता सम्पन्न भएको स्थानिय निरज साउले बताए।
प्रतियोगितामा नन्दराम दयाल प्रथम, जयराम सिह साउद दित्तिय, नारायण धनाडी तितृय र नन्दि सिह ठकुराठीले सान्त्वना स्थान प्राप्त गरेको जनाईएको छ। प्रतियोगितमा प्रथम हुनेलाई ५ हजार, दित्तियलाई ३ हजार, तितृयलाई २ हजार र सान्त्वना स्थान हासिल गर्नेलााई १ हजार प्रदान गरिएको स्थानिय साउले बताए।
प्रतियोगिता सुदूरपश्चिमको भाषा संस्कृतिको सरक्षण गर्ने उदेश्यले गौरा पर्वको अवशरमा आयोजना गरिएको आयोजक समितिले जनाएका छ। शर्मालीमा देउडा प्रतियोगिता सगै शुक्रबार गौरा पर्व समापन गरिएको थियो।