डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ रडुवामा पहिरो संगै आएको ढुंगा लागेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका ४ बस्ने १७ वर्षीय राकेश ऎरको मृत्यु भएको हो।
हिजो शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो। घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
म१ प ८८३० नम्बरकोे मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ।