एमसीसी सम्झौता संसदबाट पारित हुने प्रधानमन्त्री देउवाको भनाई

मेलौली न्यूज
कार्तिक ५ शुक्रबार,२०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैशाखमा अर्ली इलेक्सन गर्ने विषयमा सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताउनु भएको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि सुदूरपश्चिमको यात्रामा रहनु भएका प्रधानमन्त्री देउवाले आज विहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अर्ली ईलेक्सन आफू एक्लैले भनेर नहुने भन्दै त्यसबारे सत्ता गठबन्धनमा छलफल गर्ने बताउनु भएको हो । पत्रकारहरुहरुको जिज्ञासामा उहाँले भन्नुभयो– ‘गठबन्धनको सरकार छ, मैले एक्लै भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।

त्यस क्रमम प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसदबाट पारित हुने दाबी पनि गर्नुभयो । एमसीसीबारे झुठा प्रचार भईरहेको भन्दै उहाँले ‘एमसिसी पारित हुन्छ,’ ‘यो ऋण होइन, ठूलो अनुदान हो’ भन्नुभयो । एमसीसी परियोजना नेपालकै कानुन अनुसार हुने भन्दै उहाँले भन्नुभयो–यति ठूलो अनुदान आएको छ त्यही पनि चाहिएन भन्छन् हद हुन्छ नि ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति फेरि सर्ने चर्चाबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले त्यस विषयमा आफूलाई भन्दा निर्वाचन समितिलाई सोध्न भन्नुभयो । त्यस क्रममा उहाँले बाढी पहिरो र डुबान पीडितलाई तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याउने पनि बताउनुभयो ।

ईमेजखबर डटकम अनलाईनबाट

Leave A Reply

Your email address will not be published.