बैतडीको पाटनमा तरुण दलको प्रशिक्षण कार्यक्रम शुरु

बैतडी -बैतडीमा पनि बीपी जयन्ती मनाइदैंछ । आइतबार ११० औं बीपी जयन्तीको अवसरमा नेपाल तरुण दल बैतडीले प्रशिक्षण र वेभसाइट उद्घाटन कार्यक्रमको आयोजना गरेको छ ।

पाटनमा शुरु भएको प्रशिक्षण र वेभसाइट उद्घाटन कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मिनेन्द्र रिजालको प्रमुख आथित्यता रहेको तरुण दल बैतडीका कार्यवाहक अध्यक्ष महेशदत्त कट्टले बताउनुभयो ।

यस्तै उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, पूर्वराज्यमन्त्री नरबहादुर चन्द लगायतको सहभागी रहनुभएको छ ।

यसका साथै प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध रहेकाहरुको उपस्थिती रहेको छ।

तरुण दललाई डिजिटल मोडेलमा अगाडी बढाउनका लागी वेभसाइट सञ्चालन र प्रशिक्षणको आयोजना गरिएको तरुण दल बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.