पहिराले बैतडीमा महाकाली राजमार्ग अवरुद्ध

बैतडी -अविरल वर्षापछि पहिराका कारण महाकाली राजमार्ग बन्द भएको छ । वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आइतबार बिहान साढे ११ बजे सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।
राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्ण रुपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । यसका साथै राजमार्ग अवरुद्ध यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
राजमार्गमा खसेको पहिरो पन्छाएर राजमार्ग सुचारु गर्न जेसिबी गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

Leave A Reply

Your email address will not be published.