बिपी राष्ट्रभक्त र परिवर्तनकारी नेता थिए: कानुनमन्त्री भट्ट

बैतडी
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता रहेका बताउनुभएको छ । आइतबार ११० औं बिपी जयन्तीको अवसरमा बैतडीको पाटनमा तरुण दलले आयोजना गरेको प्रशिक्षण तथा वेभसाइट उद्घाटन कार्यक्रममा बोल्नुहुदै मन्त्री भट्टले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो,“ बिपी कोइराला राष्ट्रक्त र परिवर्तनकारी क्रान्तिकारी नेता हुनुहुन्थ्यो, राष्ट्रयता लागि सबै लडिरहने व्यक्तित्व हुनुहुनथ्यो । ”
राष्ट्रयता,स्वतन्त्रता र सामाजिक न्याय मानिसका आधारभुत चाहना हुन भन्ने बिपीले युवाहरुलाई संगठित गर्न नेविसंघ र तरुण दलको स्थापना गरेको मन्त्री भट्टले बताउनुभयो ।
पछिल्लो समय नेपाली कांग्रेसबारे गलत प्रचार भएको भन्दै मन्त्री भट्टले वैचारिक आन्दोलनको आवश्यकता रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो,“ कांग्रेसले गरेका राम्रा काम जनतासमक्ष पुरयाउन जरुरी छ । यसका लागि वैचारिक आन्दोलनको आवश्यकता छ ।”
कांग्रेस संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएको थियो ।
उहाँको जन्म विस १९७१ भदौ २४ गते भएको थियो ।

Leave A Reply

Your email address will not be published.