बैतडी
अविरल वर्षापछि पहिराका कारण अवरुद्ध रहेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आइतबार बिहान साढे ११ बजे सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।
राजमार्गमा खसेको पहिरो जेसिबीको सहायताले पन्छाएपछि दिउँसो राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।
पहिराले यातायात आवागमन पूर्ण रुपमा बन्द भएपछि यात्रुहरु बीचबाटोमै अलपत्र परेका थिए । राजमार्ग सुचारु भएसंगै सवारीसाधन र यात्रुहरु आ आफ्नो गन्तव्यतफै लागेका छन् ।
शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।