पत्रकार बिष्ट र मोडेल रानीको ‘दिल जलेनी’ सार्वजनिक {भिडियो सहित}

मेलौली न्यूज
कार्तिक ७ आईतबार,२०७८

पत्रकार ध्रुब बिष्ट र मोडेल शरू रानी रोकाया अभिनित म्युजिक भिडियो ‘दिल जलेनी’ सार्वजनिक भएको छ। देउडा तथा आधुनिक गायक सुधिर जैरूको आफ्नै नाममा रहेको ’सुधिर जैरू’ युट्युव च्यानलबाट आइतबार भिडियो सार्वजनिक भएको हो।

स्वर्गीय मुकेश देवलको शब्द सिर्जनामा बनेको गीतमा स्वर र संगीत देउडा तथा आधुनिक गायक जैरूको रहेको छ। राजेश बाबुले निर्देशन गरेको भिडियोमा कथाले मागे अनुसार निर्देशक ताम्राकारले पनि अभिनयको पाटो समालेका छन् भने साथमा गीता महताको पनि अभिनय रहेको छ। भिडियोको छाँयाङ्कन र सम्पादन श्रीराम फिल्मसका प्रबन्धक अमित बिकले गरेका छन्।

भिडियोका अधिकांश दृश्यहरूमा बैतडीको पाटन क्षेत्रका रमणीय भू–भागहरू समेटिएका छन्। डोटीको बुडर झर्ना र छतिवन तालमा समेत छायांकन गरिएको भिडियोमा वियोगान्त प्रेम कथाले स्थान पाएको निर्देशक ताम्राकारको भनाई छ।

भिडियो हेर्न तलको लिङ्क क्लीक गर्नुहोला ।

Leave A Reply

Your email address will not be published.