सुवास नेम्वाङको निधनले मर्माहत र स्तब्ध भएको छु:राष्ट्रपति पौडेल

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको असमायिक र अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ।

”दुःखको यस घडिमा स्वर्गीय नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार,लोकतान्त्रिक गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु” सम्माननीय राष्ट्रपति पौडेलले आफ्नो समवेदना सन्देशमा भन्नुभएको छ

यो पनि, नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री र एमाले अध्यक्ष अस्पताल पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् ।

हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । उहाँलाई बालुवाटारस्थित निवासमै हृदयघात भएको थियो।

Leave A Reply

Your email address will not be published.