देशले अनुभवी राजनीतिज्ञ गुमायो:सभामुख घिमिरे

काठमाण्डौ -सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताउनुभएको छ ।

उहाँले नेकपा (एमाले) का उपाध्यक्ष समेत रहनुभएका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताउनु भयो ।

प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछुु, उहाँले भन्नुभएको छ ।

नेम्वाङको हृदयघातबाट गए राति १ बजेर ३० मिनेटमा निधन भएको हो ।

Leave A Reply

Your email address will not be published.