बैतडीमा रेडक्रसले दियो क्याड्रे तालिम

बैतडी –बैतडीमा विपद् प्रतिकार्यका लाग सामुदायिक पहल (क्याड्रे) तालिम दिइएको छ । डोटी र बैतडीका सहभागीसहित २३ जनालाई ४ दिने क्याड्रे तालिम दिइएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री रमेशसिंह भण्डारीले बताए ।

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडी अन्तरगत सञ्चालित सुरक्षित नेपाल परियोजनाको अयोजना, अमेरिकन रेडक्रसको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय कार्यालयको प्राविधिक सहयोगमा क्याड्रे तालिम दिइएको हो । यही भदौ २२ गतेदेखि ४ दिन सम्म पाटनमा तालिम सञ्चालन गरिएको मन्त्री भण्डारीले बताए ।

 

समुदायमा हुन सक्ने विभिन्न विपद्हरुको प्रतिकार्यका लागि स्थानीयस्तरमै तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित क्याड्रे तालिम सञ्चालन गरिएको हो । तालिममा विपद्को समयमा गर्न सकिने कार्यका बारेमा प्रयोगात्मक अभ्यास गरिएको थियो ।

 

तालिममा तीर्थराज पाण्डेय, रतन टमटा, सरस्वती भाट, प्रवीन सुवेदी, विष्णुप्रसाद जोशी प्रकाश केसी र रुपक कठायतले प्रशिक्षण दिएका थिए ।

तालिमको समापन समारोहमा बोल्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले यस्ता खालका तालिमले विपद् प्रतिकार्यमा समुदायको क्षमता अभिवृद्धि हुने बताए । रेडक्रसले सञ्चालन गरिरहेका यस्ता तालिमले विपद्को समयमा हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनले बताए ।

Leave A Reply

Your email address will not be published.