बैतडी- बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाका दुई जना चरेस सहित दार्चुलाबाट पक्राउ परेका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका नायलबाट मंगलवार बिहान करिव ९ किलोग्राम चरेशसहित दुई जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शैल्यशिखर नगरपालिका–९ नायलबाट ८ किलो ८५० ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
पुर्चौडी नगरपालिका–४ भटनाका ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेको उनले बताए । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरूको साथबाट ८ किलो ८५० ग्राम चरेस बरामद गरी नियन्त्रणमा लिएको प्रहरीले बताउनुभयो ।
धामीको साथबाट ६ किलो र धानुकको साथबाट २ किलो ८५० ग्राम चरेस बरामद गरिएको हो ।दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।