बैतडी- रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका –१ कुँडका २८ वर्षीय सुरेन्द्र साउँदको मृत्यु भएको छ ।
गएको पाँच बर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका साउँदको मंगलबार हृदयघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताउनुभयो ।
कोठामै एक्कासी ढलेका साउँदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
परिवारसहित दिल्लीमा बस्दै आएका साउँदको मृत्यु भएपछि परिवारको विचल्ली भएको छ । मृतक साउँदका एक छोरी र श्रीमति रहेका छन् ।