गरिबीमा भोग्नु पर्ने समस्याहरु सबथोक खेपे बाले
हरेक मान्छेले हेप्थे बालाई रिसको झोक खेपे बाले ।।
छोराछारीलाई रुघा लाग्दा अस्पताल लैजाने मान्छे
हेर्नुस्… आप्नो शरिका ठुला ठुला रोग खेपे बाले ।।
त्यो बेला हाम्रो जस्तो स्वतन्त्रता कहां थियो र साथी
आप्नो बाल्यकालमा हजुरबाको शोक खेपे बाले ।।
उहाँको त्यागको वर्णन म कुन शब्दले गरु भगवान
सन्तानको भविष्य बनाउन आप्नो भोक खेपे बाले ।।