“गौण्याभेट”कि उत्कृष्ट देउडा सर्जक चन्दँ विपद सम्बन्धी देउडामा प्रथम

बैतडी । सामुदायिक रेडियो मेलौलीको चर्चित देउडा कार्यक्रम “गौण्याभेट”कि उत्कृष्ट देउडा सर्जक आरोसि चन्दँ विपद सम्बन्धि देउडा प्रतियोगितामा प्रथम भएकि छन। शुक्रबार पञ्चेश्वर गाउँपालिका-०४ जवलपुर माध्यमिक बिद्यालयमा आयोजना गरिएको प्रतियोगितामा चन्दँको टिम प्रथम भएको हो।

पञ्चेश्वर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडी अन्तरगत सञ्चालित सुरक्षित नेपाल परियोजनाको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा पालिकाको प्रत्येक वडाबाट एउटा टिम मात्र सहभागि हुन पाउने नियम बनाईएको थियो।

प्रतियोगितामा चारओटा वडा सहभागि भएका थिए। प्रथम हुने चन्दँको टिम वडा नम्बर ३ हो। यसैगरी १ नम्बरको टिम दित्तीय, तृत्तीय जवलपुर माबिको टिम र वडा नम्बरको ४ को टिमले सान्त्वनामा चित्त बुझाएको छ।

प्रथम हुनेले ९ हजार ६ सय रुपैया, दित्तीय हुनेले ९ हजार १ सय ५० रुपैया, तृत्तीय हुनेले ८ हजार २ सय ५० रुपैया र सान्त्वनालाई ६ हजार रुपैया प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीले जनाएको छ। विपद सम्बन्धि देउडा पञ्चेश्वरमा सम्पन्न भएसगै भोली ३० गते शनिबार मेलौलीमा हुने जनाईएको छ।

आरोसि चन्द रेडियो कार्यक्रम गौण्याभेटकि नियमित एबं उत्कृष्ट देउडा सर्जक हुन। पछिल्लो समयमा देउडा संस्कृतिमा युवा युवतीहरुको ध्यान नभएका बेला आरोसि भने देउडा संस्कृतिमा कठिबद्ध  छिन। झन देउडा खेलमा महिलाहरुको सख्यामा गिदारु कम भएतापनि चन्दँ जस्तो सुकै खेलमा पनि मज्जाले गित हाल्ने सक्ने क्षमता भएकि युवती हुन।

आजको खेलमा पहिलो स्थानमा आउदा देउडा क्षेत्रमा लाग्ने हौसला अझै बढेको चन्दले बताईन।

Leave A Reply

Your email address will not be published.