सर्पले बैतडीको मेलौलीका एक किशोरलाई टोक्यो

बैतडी। सर्पले डस्दा बैतडीमा एक किशोर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको मेलौली नगरपालिका १ बगजेबलाका १७ वर्षीय सुजल दयाल रहेका छन् ।

सुजललाई शुक्रबार बेलुका घरनजिकै बाटोमा हिडिरहेका बेला सर्पले डसेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

सर्पले सुजलको दाहिने खुट्टाको औलामा टोकेको र टोकेलगत्तै सुजललाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

यसअघि यो वर्ष बैतडीमा विषालु सर्पले डस्दा तीन जनाको मृत्यु भइसकेको छ ।

गत भदौ १२ जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको, साउन अन्तिम साता पञ्चेश्वर–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको र गत वैशाख तेस्रो हप्ता पञ्चेश्वर गाउँपालिका २ डाँगाटोलकी २५ वर्षीया निर्मला लुहारको सर्पले टोक्दा मृत्यु भएको थियो ।

जिल्ला अस्पताल बैतडीमा सर्पदंशको उपचार हुने भएपनि अस्पताल नल्याउँदा सर्पले टोकेकाहरुले अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । सर्पले टोकीहालेमा वैद्य कहाँ जाने प्रचलनले जटीलता निम्त्याउने गरेको छ ।

Leave A Reply

Your email address will not be published.