बैतडी । बैतडीका रबिन चन्द एसियाड खेल्न नेपालको पुरुष भलिबल टोलीमा अटाएका छन् । टोलीमा अटाएका चन्द एसियाड खेल्न चीन प्रस्थान पनि गरेका छन् । जिल्लाको मेलौली नगरपालिका-०४ तिताबैका चन्द चीनमा हुने १९ औं एसियाली खेलकुदका लागि नेपालको पुरुष भलिबल टोलीबाट चिनतर्फ प्रस्थान गरेका हुन् ।
सेप्टेम्बर १९ देखि चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि नेपाली टोली शनिबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेको हो। आफ्नो क्षमताले भ्याएसम्म देशको शिर उच्च राखेर आउने चन्दले बताएका छन। चन्द भलिबल खेल्न चिनतर्फ प्रस्थान भएसगै जिल्लाबासि खुसि भएका छन।
मानबहादुर श्रेष्ठको कप्तानीमा रहेको पुुरुष राष्ट्रिय टोलीलाई भलिबल संघले त्रिभुवन विमानस्थलमा विदाई गरेको छ। खेलाडीलाई भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, सचिव झक बहादुर मिथुन, कोषाध्यक्ष श्याम कृष्ण श्रेष्ठ, संघकी सदस्य अन्जु श्रेष्ठ, महिला प्रशिक्षक जगदिश भट्टले विदाई गरेका छन्।
नेपाली टोली इरान र बहराइनसँग समुह बी मा रहेको छ। नेपालले पहिलो खेल १९ सेप्टेम्बरमा बहराइनसँग खेल्नेछ भने दोस्रो खेलमा २० सेप्टेम्बरमा इरानसँग खेल्ने छ।
एसियन गेम्सका लागि नेपाली टोलीको कप्तानी मान बहादुर श्रेष्ठले गरेका छन्। चीन जाने टोलीमा मान बहादुर सँगै मनिष मानन्धर, रबिन चन्द, सफल विक, सम्राट भण्डारी, टेक राज अवस्थी, विनोद चन्द, विशाल विक., धिरोज काजी बस्नेत, दुर्गा बहादुर खड्का, हेमन्त बहादुर मल्ल र लोकेन्द्र गिरि रहेका छन्।
त्यस्तै प्रशिक्षकमा हान अविङ र टीम व्वस्थापकमा संघका महासचिव रोशन श्रेष्ठ रहेका छन् ।