तिज बिशेष सञ्चारकर्मी बिसीका मुक्तक

बजेपनि घर घरमा, तिजका गितहरु ।
नरुनु है चेलि सम्झेर, ति अतितहरु ।।
सकेसम्म माईति घर, छ भनेर आउँनु ।
नसकेनि बुझ्नु आफै, बनेका रितहरु ।।

 

बर्ष भरिको थकाई सारा, मार्छ तिजको दिनले ।
कोहि रुने कोहि हाँस्ने, पार्छ तिजको दिनले ।।
माईति भएका चेलिहरु, हाँस्दै माईत जान्छन ।
नभएका चेलिको मन, बिगार्छ तिजको दिनले ।।

 

एउटै भएको दिदी नि आफ्नै घरमा, म प्रदेशमा हुँदा ।
साथैमा छौकि झैं लाग्छ दिदी, तिम्रो तस्बिर छुँदा ।।
यसपालिको तीज पनि ,रुँदै बित्ने भयो मेरो ।
आँसुले रुमाल चोली भिज्छ दिदी, तिमी सम्झेर रुँदा ।।

Leave A Reply

Your email address will not be published.