शिवनाथ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत शाह हाजिर

बैतडी बैतडीको शिवनाथ गाउँपालिकामा प्रमुख प्रशाुसकीय अधिकृत रुपमा सुशील कुमार शाह हाजिर भएका छन ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शाहलाई शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि उनी गाउँपालिकामा हाजिर भएका हुन् । उनलाई सोमबार गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँद ,उपाध्यक्ष सकुन्तला साउँद लगायत कर्मचारीहरुले स्वागत गरेका छ्न ।
यस अघि शिवनाथ गाउँपालिकामा नरेन्द्र सिंह महताले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

Leave A Reply

Your email address will not be published.