डडेल्धुराको भागेश्वर- ५ का वडाअध्यक्षले दिए आफुले पाउने रकम विद्यालयलाई

बैतडी डडेलधुराको भागेश्वर गाउँपालिका वडा न ५ का वडाअध्यक्ष नरेन्द्र बहादुर थापा मगरले आफुले पाउने सेवा, सुविधा विद्यालयलाई सहयोग गरेका छन ।
उनले आफ्नो वडामा रहेका ४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सीपको विकासका लागि आफूले पाउने ४० हजार सहयोग गरेका हुन ।उनले शिक्षा दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्न प्रति विद्यालय १० हजारका दरले ४० हजार दिएको वडा कार्यालयले जानकारी दिएको छ ।
साथै खेल शिक्षकहरु लाई खेलाडी पोशाक खरिद गर्न वडाअध्यक्ष थापा मगरले ९ हजार सहयोग गरेका छन ।वडा अध्यक्ष नरेन्द्र थापामगर नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन ।

 

Leave A Reply

Your email address will not be published.