आज सुनको मुल्य बृद्धि

मेलौली न्यूज
कार्तिक १६ मगंलबार,२०७८

सुनको भाउ आज पनि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा पुगेको छ ।

हिजो सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ पुगेको छ । आज धनतरेस भएकाले सुन चाँदीको कारोबार धेरै हुन्छ । धनतरेसमा सुन र चाँदी किन्नु शुभ मानिन्छ ।

Leave A Reply

Your email address will not be published.