पाटनमा हुने तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा

तेस्रो संस्करणको पाटन प्रीमीयर लिग (पीपीएल) खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ । पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण मावि पाटनको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो साताबाट हुने भएको हो ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक, पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो । द्धितिय पुरस्कार ५५ हजार ५५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद २२ हजार २२२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही ११ हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
कात्तिक पहिले साता नै प्रयोगिता गर्ने तयारी रहेको र आयोजनाको बारेमा थप छलफल गर्न क्लबले यही असोज १२ गते बैठक समेत डाकेको छ । बैठकपछि प्रतियोगिताको मिति र अन्य थप जानकारी हुने अध्यक्ष चन्दले बताउनुभयो ।
यसअघिका दुई संस्करणमा टेनिस बलले खेलाएको भएपनि यस वर्ष ड्युज बल खेलाउने आयोजकले जनाएको छ । सहभागी हुने टोलीका लागि यही असोज १३ गतेदेखि २७ गतेसम्म दर्ता समय राखिएको छ ।
प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि सम्पन्न दोस्रो संस्करण उपाधि भिमदत्त बहुप्राबिधिक शिक्षालय (बिडिपिआइ),पाटनले र पहिलो संस्करणको च्याम्पियन कैलपाल क्रिकेट क्लव,जर्ग भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.