शिक्षा प्रणाली सुधारको वहश

शिक्षा प्रणाली कस्तो बनाउने भन्नेमा शिक्षकको महत्वपुर्ण हात हुन्छ। शिक्षा जस्तो अतिनै संवेदनशील क्षेत्रको व्यवस्थापनका लागि कानून निर्माणको चरणमा शिक्षकहरुले आफ्ना माग राखि गरेको आन्दोलनले कानूनमा शिक्षकका प्रत्यक्ष चाहना र इच्छ्या सम्बोधन गर्न संसदलाई सहज भएको छ। कानून निर्माणमा जति छलफल, वहस र विमर्श गर्यो त्यति राम्रो कानून बन्छ। अहिलेको शिक्षा प्रणालीले हाम्रो आवश्यकता धान्न सक्दैन। अन्तराष्ट्रिय स्तरमा प्रतिस्प्रर्धा गर्न सक्षम मानव स्रोतको विकास गरी युगसुहाउदो शिक्षा प्रदान गरी असल व्यक्ति निर्माण गर्नको लागि शिक्षा प्रणालीको Re- structuring, Re- Inventing र  Re- managingर्नै पर्छ । यसका लागि सरकार र सम्वद्ध व्यवस्थापन निर्मम भएर लाग्नु पर्छ।

हाम्रो शिक्षा प्रणालीमा चुनौतिका थुप्रै चाङहरु छन। असम्भव केहि छैन जति समस्या र चुनौति भएपनि अहिले समाधान गर्न उपयुक्त समय आएको छ। नीति र कानून सरोकारवाला पक्षलाई वेवास्ता गरी बनाउने हाम्रो संस्कार र अभ्यासमा शिक्षकहरुको यो सार्थक सहभागिता आफैमा चुनौति समाधान गर्ने अवसर र शक्ति दुवै हो। फलाम तातेको वेला हिर्कायो भने मात्रै अपेक्षा गरेको आकार बनाउन सकिने हो।

हामिले अवलम्वन गर्न खोजेको शिक्षा नीति कस्तो हुने भनेर निर्णय गर्ने वेलामा शिक्षकहरुले गरेको आन्दोलनले देशभरी शैक्षिक सुधारको वहसको सुरुवात गरेको छ। यस अवस्थामा मैले स्थानीय तहमा प्रमुख प्रशासकीय भएर माध्यमिक तह सम्मको शिक्षा व्यवस्थापन बुझ्न नजिकबाट अवसर पाएको थिए त्यहि आधारमा शिक्षा प्रणालीमा सुधारका लागि केहि सुझाव सहित वहस गर्न खोजेको छु।

मेरो विचार र अनुभवमाः

-शिक्षा क्षेत्रमा राजनीतिको अन्त्यः हामिले राजनीतिको केन्द्र विगतदेखि शैक्षिक संस्थालाई बनायौ, विद्यालय देखि विश्वविद्यालय सम्म राजनीतिक भर्ति गर्ने अड्डा बनायौ त्यसको परीणाम अहिले हाम्रा अधिकांश शिक्षकहरु अध्यापक भन्दा पनि राजनीतिक क्याडर छन। शिक्षक जिवन्त ज्ञान हो समाजमा नीतिको सिर्जना विस्तार गर्ने काम शिक्षकको हो। यो कार्य शिक्षकले निश्पक्ष र स्वतन्त्र रुपमा गर्नुपर्नेमा राजनीतिक दलप्रभावित भएर गर्न थाले त्यसको प्रभाव नेताहरुले आजको समाज राजनीतिक रुपमा विभाजन शिक्षककै प्रयोगबाट गरे। यो सरासर गलत थियो। आजसम्म शिक्षकलार्इ पढाउने भन्दा पनि राजनीति गर्ने व्यक्तिको रुपमा विकास र प्रयोग गरेको छ।राजनीतिमा लागेका शिक्षकमा अनुशासन शुन्य छ।त्यतिमात्र होइन शिक्षकको अनुगमन गर्ने जिम्मेवारी पाएका निकायको प्रभावकारीता यसै कारण शुन्य छ। यसबाट हामिले पाठ सिक्नु पर्छ र?

– शिक्षकलार्इ राजीतिक र प्रशासनिक दासत्वबाट मुक्त गर्नुपर्छ। गुरुको जिम्मेवारीमा रहेकाहरु दास हुनुहुँदैन।

– शिक्षकलार्इ राज्यको शिपाइ र नौकरको रुपमा पनि विकास र व्यवहार गर्नु हुँदैन। उ शिपाइ र नौकर नभइ गुरु हो। ज्ञानको भण्डार हो। गुरुको स्थान सवैभन्दा माथि हुनुपर्छ र यो बनाउनु पर्छ।

– गुरुलार्इ व्यवस्थापक र राजनीतिज्ञ सँग तुलना गर्न बन्द गरौ यो विषय मिल्दै नमिल्ने विषय हो।

– शिक्षक हरपल प्रतिस्प्रर्धि र विषयवस्तुमा निरन्तर अद्यावधिक हुँनुपर्छः

-पहिलो कुरा सबैभन्दा अब्बल जनशक्तिको रोजाइ शिक्षण पेशालाइ बनाउनु पर्छ।

-दोस्रो कुरा अत्यन्तै कडा प्रतिस्प्रर्धाबाट शिक्षकको छनौट गर्नपर्छ।

विगतमा प्रतिस्प्रर्धाबाट नछिरेका शिक्षकलाई के गर्ने विषयमा गम्भिर बनौ, शिक्षक सेवा बन्द भएका बेला ति गुरुहरुले हामिहरुलार्इ पढाएका छन।गुण लगाएका छन भनेर भावनात्मक रुपमा नहेरी एकपटक प्रतिस्प्रर्धामा सहभागि हुने अवसर दिउ र प्रतिस्प्रर्धा गर्न नसक्ने शिक्षकलाई स-सम्मान घर पठाउ। घर पठाउँदा वृत्ति परिवर्तनको क्षमता बनाएर घर पठाउदा न्याय हुन्छ।

-शिक्षा क्षेत्रमा आरक्षणको बन्द गरौ, यो किन्तु परन्तु नभनेर अब्बल जनशक्ति मात्रै भित्र्याउने क्षेत्र हो।

-शिक्षकको मर्यादाक्रम राजनीतिज्ञको भन्दा माथि राखौ, मन्त्रिहरु र स्थानीय तहका प्रमुखहरु भन्दा उपल्लो मर्यादाक्रम सकेसम्म सबै शिक्षकको बनाउन ढिला नगरौँ। हाम्रो सभ्यतामा गुरुको स्थान शासकको भन्दा माथि नै थियो र त्यो हुँनुपर्छ।

-शिक्षकको अनुगमनको अधिकार अभिभावक, नजिकको सरकारका प्रतिनिधि र नजिकको सरकारका व्यवस्थापकलार्इ दिउ। निरन्तर अनुगमन गर्ने अभ्यास गरौ। शिक्षकहरु इज्जतका हुन्छन आफुभन्दा सानो ओहोदाले अनुगमन गर्दा कमजोरी भेटिएमा नैतिक रुपमा असहजता महसुस गर्छन र शिक्षाको स्तर बढाउन निरन्तर प्रयत्न गर्छन। यसबाट जनप्रतिनिधिको पनि समाजप्रतिको दायित्व बढ्न गई जिम्मेवार र उत्तरदायि हुन्छन।

-हामिले समाजवाद उन्मुख व्यवस्थातर्फ जान खोजेका छौँ। शिक्षा क्षेत्रमा गरिएका निजी लगानी सबै खारेज गरौँ, यसका लागि हालको विद्यालय सँख्यामा बढोत्तरी गर्नु पर्ने हुन्छ। तथ्याङ्क संकलन गरौ विद्यालयको सँख्यामा बढोत्तरी र सोहि अनुपातमा शिक्षकको आपुर्तिको लागि तयारी गरौँ। हाम्रो बाटो यहि हुनुपर्ने हो। बाटो विराएका छौ अव यसमा सुधार गरेर सहि दिशातर्फ लागौ।

– शिक्षकको निरन्तर क्षमता विकासमा लगानी गरौँ । शिक्षकमा गरेको लगानी खेर जादैन। यसका लागि अहिलेकै अवस्थामा शिक्षकलार्इ उत्प्रेरणा पनि हुने र क्षमता विकास पनि हुने गरेर विषयगत तालिम र राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा अध्ययन अवलोकन भ्रमणको व्यवस्था गरौ। शिक्षकमा गरिने लगानी भनेको सक्षम मानव स्रोतमा गरिने लगानी हो। विश्वका सफल देशले पनि मानव स्रोतको विकासमा लगानी गरेर मात्रै आजको अवस्थामा पुगेका हुन भन्ने विषय मनन् गरौ।

अन्त्यमाः शिक्षक साथिहरु निरन्तर कलम चलाएर संसदिय प्रकृयामा रहेको विद्येयकलाइ नेपाल सुहाउदो बनाउनमा लागि परौ। हाम्रा राजनीतिक दलहरु स्याल जस्तै हुन तिनको पछाडि नलागि स्वतः स्फुर्त कलमको बलमा शिक्षा सम्बद्ध कानून नेपालको हितमा ल्याउन निरन्तर लेखौ, लेखौ!

धन्यवाद

Leave A Reply

Your email address will not be published.