बैतडी । बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने चटारो बढेको छ। हिउँदमा गाईवस्तुहरुलाई खुवाउनका लागि खर काटेर थुपार्ने चलन अनुसार खर काट्ने चटारो बढेको पाटन नगरपालिका-०१ कि कल्पना बिकले बताईन। उनले भनिन् ‘असोज पहिलो सातादेखि नै खर काट्ने चटारो बढेको छ। दिनभरी खर काट्नमा महिलाहरु ब्यस्त हुन्छन, पानि खाने समय समेत हुदैन।
सुदूरपश्चिमका पहाडी जिल्लाका महिलाहरुले हिउँदमा वस्तुभाउलाई खुवाउनका लागि असोज कार्तिकमा खर काटेर थुप्रो बनाउने गरेका छन्। कुन्युमा थुप्रो बनाएको खरलाई हिउँदको समयमा गाईवस्तुलाई खुवाउने गरिन्छ।
महिलाहरुको माहान पर्व तिज सकिएसगै खर काट्ने चटारो बढेको मेलौली नगरपालिका-०८ कोटिगाउँका स्थानीयहरुले बताएका छन्। गाउमा दशैको चहल पहल पनि सुरु हुने अवस्थामा महिलाहरुलाई गाज्यो काट्ने चटारो बढेको शिक्षक एवं स्थानिय संस्कृतिका जानकार बिरुवा राम लुहारले बताए।
केहि दिनमा धान भित्र्याउने काम पनि सुरु हुने भएकाले महिलाहरुलाई खर (गाज्यो) काट्ने चटारो बढेको लुहारले बताए। भिरमा खर काट्ने बेला लडेर कतिपय महिलाहरुले अकालमै ज्यान गुमाउने गरेकाले सर्तकता अपनाएर खर काट्न उनले आग्रह गरे।
गाउँ घरमा दशै, नवरात्रा र तिहारको लागि भारत तथा तेस्रो मुलक गएका दाजुभाईहरु पनि घर आउने क्रम सुरु भएको छ।