बैतडीको शिबनाथका महताको उपचारमा आर्थिक समस्या, सहयोगको अपिल

बैतडी । भीरबाट लडेर गम्भीर घाईते भएका शिबनाथ गाउँपालिका-४ सोल्पलाका २६ वर्षिय सुरेश सिंह महताको उपचारमा आर्थिक समस्या भएको छ। घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा आर्थिक समस्या भएको सुरेशका भाई पारस महताले बताए।

भए भरकै पैसा खर्च गरेर सकिएको र अबको उपचारमा आर्थिक समस्या परेकाले सहयोग गरिदिन अपिल गरेका छन। गत भाद्र २९ गते गौरा समापनको दिन घर फर्किने क्रममा सोल्पला भीरबाट लडेर महता गम्भीर घाईते भएका थिए।

घाइते महताको मुख र टाउकामा गम्भीर चोट रहेको थियो। घाईते महताको डडेल्धुरा अस्पतालमा उपचार सम्भव हुन नसकेपछि धनगढीको माया मेट्रोमा रेफर गरिएको थियो। ९ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिए पश्चात हाल आईसियुमा उपचार भईरहेको जनाईएको छ।

महता अझैपनि होसमा आएका छैनन्। टाउकोमा गम्भीर चोट रहेकाले होसमा आउन अझै समय लाग्ने माया मेट्रो हस्पिटलका बरिष्ट न्युरोसर्जन डाक्टर हरि पौडेलले बताए।

घरमा कमाउने कोहिपनि नभएको र आर्थिक अवस्था ज्यादै नाजुक रहेकाले उपचारमा आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेका छन।
सहयोगका लागि
नेपाल एसबिआई बैंक महेन्द्रनगर शाखामा रहेको बिनोद सिह महताको खाता नम्बर २२११५२४१४१७२८१, मोबायल बैकिंङ ९७६२३१०११२ मा सहयोग गर्न सकिने छ।

No description available.

Leave A Reply

Your email address will not be published.