बैतडी -बैतडीको पुर्चौडी र दशरथचन्द नगरपालिकाले विहीबार सार्वजनिक विदा दिएका छन् । दुवै नगरपालिकाले अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलाका लागि सार्वजनिक विदा दिएका हुन् ।
दशरथचन्द नगरपालिकाको वडा नं २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि नगरप्रमुख स्तरिय निर्णय अनुसार प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाको अवसरमा भोलि बिदाई दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु भएको छ। । यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रहिआएको छ । जात्रामा बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताउनु भयो ।
निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गर्दछन् ।
यस्तै पुर्चौडी नगरपालिकाले पनि भदौ ११ गते अन्नत चर्तुदशीका दिन विभिन्न मन्दिरमा लाग्ने मेलाका लागि स्थानीय बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
नगरपालिका भित्रका हाँट बुदडा, जोगेउडा, शिबाबो, डिलाशैनी भगवती मन्दिर र मौलिंगा मन्दिर लगायतका धार्मिकस्थलमा लाग्ने जात्राका लागि बिदा दिइएको नगरपालिकाका सूचना अधिकारी प्रविन धानुकले बताउनुभयो ।