काठमाण्डौ – भुटानलाई हराउँदै पाकिस्तान १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।
आज बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पाकिस्तानले भुटानलाई ुसडन डेथु मा ६–५ गोलले हराउँदै फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो ।
अब पाकिस्तानले फाइनलमा अहिले बेलुकी साढे ५ बजे हुने नेपाल र भारतबीचको खेलको विजेतासँग खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।