बैतडी मेलौलीका एकजनाको करेन्ट लागेर कञ्चनपुरमा मृत्यु

बैतडी –बैतडीका एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । कञ्चनपुरमा काम गर्दै आएका बैतडीको मेलौली नगरपालिका १ का ४१ बर्षीय लक्ष्मण दयालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–५ स्थित देवता निर्माण एण्ड सप्लायर्स कम्पनीमा काम गर्दै आएका दयालको करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताइएको छ ।
आज (बुधबार) दिउँसो सो कम्पनी नजिकै रहेको मलरिया खोलाको पानीमा करेण्ट लगाएर माछा मार्ने क्रममा दयाल घाइते भएका थिए । उनको दोधारा–चाँदनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.