तिम्रो माया र दयाले

तिम्रो माया र दयाले मनमा ठाउँ खोज्छ

तिमी मेरो सारा संसार हौ मैले चिनाउनुपर्छ

अरू कोही चाहिँदैन मलाई तिमि भए पुग्छ

तिम्रो मिठो बोली मेरो मनमा गएर बस्छ

तिमिले मेरो प्रशंसा गरेर बसेकी छौ

जिन्दगीमा सधैँ सत्य निर्णय लिनेछौ

यतै बसेर भए पनि म सबैको हेरचाह गर्छु

मेरो नामले सम्बोधन गरेर बोलाऊ म आउँछु

मेरो राम्रोलाई राम्रो भनी दिनुपर्छ

तिम्रो माया र दयाले मनमा ठाउँ खोज्छ

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न पा २ दिपायल डोटी

Leave A Reply

Your email address will not be published.