नव गायक बिष्टको पहिलो र वडको नयाँ गित बजारमा

बैतडी । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको विकट ठाउँ दोगडाकेदार गाउँपालिका-१ गोरङमा जन्मनुभएका देउडा गायक तथा सर्जक हरिष बिष्टको ‘ घर छाडी प्रदेशी भया’ बोलको नयाँ गीत बजारमा आएको छ। उनको यो नयाँ गीत परिवर्तन डिजिटल म्युजिक स्टुडियोमा रिकर्ड गरिएको हो। उक्त गितको शब्द सिर्जना र लय स्वर गायक बिष्टकै रहेको छ भने स्वरमा चर्चित देउडा गायिका गौरी भट्टले साथ दिएकी छिन्। गितको एरेन्जर भुमिराज राम्जाली थापाले गरेका छन् महेश राज वड र जनक धामी बिशेष सहयोग गरेका छन्।

यस गीतमा प्रदेशीको कथा,ब्यथा र आफ्नै जीवनसँग सम्बन्धित बिषयबस्तु समेटिएको छ। उनले सुदूरपश्चिमको कला, साहित्य, संस्कृतिको जगेर्ना गर्ने तथा सुदूरको मौलिकतालाई झल्काउने उद्देश्य लिएको उनको भनाई छ। उनी अहिले कामको सिलसिलामा भारतको बेङलोरमा रहेका छन् ।

उनको नयाँ अर्को गित पनि छिट्टै बजारमा आउने तयारीमा छ।

यस्तै, डिलासैनी गाउँपालिका बागोठका गायक महेश राज वडको पनि नयाँ गीत बजारमा आएको छ। उनको नयाँ गीत बजारमा आएको वडले जानकारी दिए। वडकै स्वर शब्द रहेको देउडा ‘ मुल फुट्यो ममताको’ बोलको गीत परिवर्तन डिजिटल म्युजिकमा रिकर्ड गरेको उनले बताएका छन् ।

उक्त गीतको एरेन्जर भुमिराज राम्जाली थापाले गरेका छन् भने गीतमा गायक वड, र चर्चित गायिका गौरी भट्टको स्वर रहेको छ। गितमा असोक बिसी र करन बिसीको बिशेष सहयोग रहेको छ ।

Leave A Reply

Your email address will not be published.