अफगानिस्तानको सङ्कटबारे दिल्लीमा सुरक्षा बैठक
कार्तिक २५ बिहिबार,२०७८
काठमाण्डौ -अफगानिस्तानको सङ्कटबारे छलफल गर्न भारतको दिल्लीमा बसेको आठ देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठकले दिल्ली घोषणापत्र जारी गरेको छ ।

रुस, इरान र भारतसहितका देशले अफगानिस्तानमा समावेशी सरकार गठन हुनुपर्नेमा जोड दिएका छन् ।

साथै महिला, बालबालिका र अल्पसङ्ख्यकको आधारभूत अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन्। बैठकमा आतङ्कवाद, कट्टरपन्थी र लागुऔषध ओसारपसारबाट उत्पन्न हुनसक्ने खतरा र अफगानिस्तानमा आवश्यक मानवीय सहायताका बारेमा छलफल भएको बीबीसी हिन्दीले जनाएको छ ।

बैठकका लागि निम्ता गरिएको भए पनि पाकिस्तान भने सहभागी भएन । भारतले आयोजना गरेको बैठकमा रुससहित इरान, कजाकस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्केमिनिस्तान, उज्बेकिस्तानले भाग लिएका थिए ।उज्यालो

Leave A Reply

Your email address will not be published.