मेलौली न्यूज
कार्तिक २७ शनिबार,२०७८
वाई वाई उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनौट खेलमा बैतडीले विजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा बैतडीले दार्चुलामाथि ९२ रनको उत्कृष्ट जित निकालेको हो ।
एक सय ६५ रनको लक्ष्य पन्छाएको दार्चुला २४ दशमलव २ ओभरमा मात्रै ४८ रनमा सिमित भयो । दार्चुलाको दिनेश विष्टले सर्वाधिक १४ रन जोडे । अन्य कुनै पनि ब्याट्म्यानले दोहोरो अंकको रन समेत जोड् सकेनन्। दार्चुलाको पारी ध्वस्त पार्ने क्रममा बैतडीका गजेन्द्र बोहरा ५ विकेट लिए । यस्तै भुपेन्द्र चन्दले ३, विरेन्द्र नाथ र प्रदीप चन्दले एक÷एक विकेट हात पारे । बैतडीले २४ रन अतिरिक्त खर्चिएको थियो ।
त्यसअघि कञ्चनपुरको कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ३० दशमलव ४ ओभरमा एक सय ६४ रनमा अलआउट भएको थियो । जसमा नरेन भट्ले अर्धसतकीय पारीखेल्दै सर्वाधिक ५४ रन हिर्काए । कप्तान खडकबहादुर बोहराले ३८ र गजेन्द्र बोहराले २२ रनको पारी खेले । दार्चुलाका विपीन धामी,विरेन बम र विरेन्द्र विष्टले समान ३÷३ विकेट झारे ।
बैतडीका गजेन्द्र बोहरा म्यान अफ द म्याच चुनिएका स्कोरर खेमराज भट्ले जानकारी दिए । यस्तै कञ्चनपुरको खुलामञ्च मैदानमा भएको अर्को खेलमा कञ्चनपुरले र बझाङलाई हराएको छ ।
कञ्चनपुरमा कात्तिक २४ गतदेखि जारी प्रदेशस्तरिय छनौट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाको सहभागिता रहेको छ । छनौट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको उन्नाइस वर्षमूनिको टोली बनाइने भएको छ । उक्त टोली उन्नाइस वर्षमूनिको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ ।
नेपाल क्रिकेट संघको आयोजनामा अगामी मंसिर ४ गतेदेखि उन्नाइस वर्षमूनिको राष्ट्रिय हुदैंछ ।