मेलौली न्यूज
कार्तिक २८ आईतबार,२०७८
नेकपा एमालेबाट बिद्रोह गरेर फुटेको नेपाल कम्युनिष्ट एकीकृत समाजवादी पार्टीको मेलौली नगर अधिवेशन सम्पन्न भएको छ। अधिबेशनबाट नगर कमिटि अध्यक्षमा भिम दत्त भट्ट चयन हुनुभएको छ । माधब कुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी गठन भएपछि मेलौलीमा भट्टले अध्यक्षको नेतृत्व गर्नुभएको हो।
नेकपा एकिकृत समाजवादी केन्द्रिय कमिटि सदस्य एबंम सुदुरपश्चिम प्रदेश सरकारकी पुर्व वन, वातावरण उद्योग तथा पर्यटन मन्त्री माया भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न पहिलो नगर अधिवेशनले भट्टको अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटि गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा चन्द्र प्रकाश ओझा, महिला उपाध्यक्षमा चन्द्रा भट्ट, सचिवमा किशोर कुमार भट्ट तथा उपसचिवमा करन चन्द र नरेन्द्र ओझा चयन भएका भट्टले बताउनुभयो । अधिवेशनको बिशिष्ट अतिथिहरुमा एकिकृत समाजवादीका बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, प्रदेश कमिटि सदस्यहरु पार्वती भट्ट, चम्मन भण्डारी, शेर बहादुर चन्द र लक्ष्मण भट्ट लगायत रहनु भएको थियो।
पछिल्लो समयमा नेकपा एकिकृत समाजवादीले बैतडीमा पनी पालिका स्तरमा कमिटि गठनलाई तिब्रता दिएको छ ।