मुगुको गमगढीमा भीषण आगलागी, २१ वटा घर जलेर नष्ट


कात्तिक ३०, मंगलबार २०७८

कालीकोट- मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ ।

गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ ।

अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

उहाँकाअनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ।

अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका घरलाई भत्काएर ठाउँ खाली गर्न थालिएको उहाँले बताउनुभयो । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

Leave A Reply

Your email address will not be published.