दयालुभावमा डुबेकी प्रहरी अफिसर कन्चन, जो बनिन् गरीब र पीडितको मलम !

काठमाडौं-निडर शालीन र हक्की स्वभावकी देखिने गोमा पराजुली (कन्चन) राष्ट्रसेवक स्वाभिमानी प्रहरी अफिसर हुन् । उनी गरीब,दिनदुःखी र पीडितहरुको घाउमा मलम लगाउँदै आएकी छिन् ।

उनी नेपाल प्रहरीमा कार्यरत प्रहरी अफिसर रहेको समेत बुझिएको छ। नेपाल प्रहरीको संगठनमा रहेर काम गर्दै आएको भए पनि उनले समाज सेवा गर्न भने छोडेकी छैनन्।

उनी निरन्तर समाज सेवामा तल्लीन छिन्। उनले अहिलेसम्म काठमाडौका सडकपेटीमा रहेका अनाथ तथा पशुपति मन्दिरको छेउछाउमा उपचार नपाएर भौतारिरहेका बिरामी एवम् दिन दुःखीलाई समेत उपचार गर्दै एक मानवको धर्म निर्वाह गरेकी छिन्।

यस्तै,सडकका जनावर तथा बिशेष गरी बाँदरहरुलाई खाना खुवाउने,बाँदरका लागि प्रत्येक महिना फलफूलहरु ल्याएर खुवाउने गर्छिन् कञ्चनले। पशुपति मन्दिरमा रहेका बाँदरलाई मात्रै उनले खाना तथा फलफूल खुवाउन लागेको एक दशक भइसकेको उनका साथीहरूले बताएका छन् ।

पशुपति मन्दिरमा उनी जहिले पनि फलफूल बाँदर तथा गाईहरुका लागि खाना लिएर आउने गरेको पशुपति धार्मिक बिकास कोषका एक जना अधिकारीले बताए।

उनी प्रत्येक हप्ताको शनिबार पसलहरुबाट सस्तोमा फलफूल तथा खाना किनेर आफ्नै स्कुटिमा हालेर कपन भागेश्वरी मन्दिर, गुहेश्वरी वरपरका ठाउँहरुमा गौमाता, काग र बाँदरहरुलाई फलफुल दिने गरेको स्थानिय ब्यापारी बिनोद चौधरीले बताए।

यति मात्रै होइन् अर्काको घरमा भाडामा बसेर पनि जागिरबाट कमाएको सबै पैसा विभिन्न आश्रम तथा अनाथालय दिन दुःखी गरीबहरुलाई दिएको र आफुले भने, कयौं दिन बिना पैसा हिड्ने गरेको उनका साथीहरू एवम् हितैसीहरु बताउँछन्।

यसअघि स्थानीय तथा प्रदेश तथा संघीय निर्वाचनका बेला कन्चनसँगै डिउटी गर्दा काम गर्ने जुनियर नेपाल प्रहरी एकजना कन्चनकै सहकर्मी हिरा मगर भन्छिन् “कन्चन म्यामसँग डिउटी गर्दा कहिले हामीले भोकभोकै बस्नु परेन्, खाना र खाजा किनेरै बाड्नुहुन्थ्यो, म्याम जस्तो निस्वार्थ सेवा गरिरहेका प्रहरी महिला अफिसर पाउनु गाह्रो छ तर हामीले पायौं, हामी आफूलाई भाग्यमानी ठान्छौं ।’
अर्का प्रहरी जवान जीवन किरण मगर भन्छन् “कञ्चन म्याम यो देशको साच्चिकै शान हुन्, यस्ता अफिसर पाउनु नै गाह्रो छ, कन्चन म्याम त सरकारी खाना समेत खानु हुन्न किन कि खानामा लसुन ब्याज बिनाको खाना मात्रै खानुहुन्छ, त्यो पनि उहाँको हिम्मत यो शक्ति हाम्रो भन्दा अझै अब्बल र बलियो छ अचम्म लाग्छ, धेरै माथिको हाकिमसँग भने उहाँको कुरा नै मिल्दैन आफुभन्दा ठुलो भएकाले भगवान भन्छन् जहाँ पनि हामी उहाँका लागि ज्यान दिन तयार छौ”
यस्तै,एक जना नेपाल सरकारका सचीवले भने, ‘उनले २०७२ सालको बिनाशकारी भुकम्पमा काठमाडौंमै पर्ने साँखुमा सम्पत्ति शुद्धिकरणको टिममा हामीसँगै जानुभाथ्यो, आफ्नो ज्यान जोखिम राखेर पनि काम गर्नुभएको थियो, भुकम्पले च्यापिएका मृतक र उनीहरुका सरसमानहरु अरुले भित्र जान नमानेको उनी त्यहीँ भित्र पसेर ती समान र मृतका लासहरु निकाल्नु भएको थियो, उनी साच्चिकै हिम्मतवाली हुनुहुन्छ, यस्ता प्रायः कमै प्रहरी भेटिन्छन्, उनी निडर,साहसी र उत्तिकै प्रभावशाली प्रहरी अफिसर हुनुहुन्छ’

यस्तै,उमा कुण्डको आश्रमको वृद्या श्रममा रहेका वृद्धलाई आफ्नै स्कुटिमा राखेर तिल्गेस आइजको अप्रेसन गराउन तिलगंगा आँखा अस्पताल आफ्नै पारिश्रमिकबाट उपचार गरेको त्यही आश्रमका वृद्धहरु बताउँछन्।

यति मात्रै होइन धेरै सेवा गर्ने ठाँउहरुमा समेत डिउटि बाहेकको समयमा उनी गरीबसँग बिताउने र आफू भोकभोकै रहेर पनि कोही खान नपाएकोलाई खाना दिने र बोकेको खाजा भोकभोकै हिड्ने बटुवालाई समेत दिने गरेको उनका साथीहरूले बताएका छन्।

यस्तै,प्रहरी अफिसर कन्चनले सेवा गरेका आश्रमहरुमा सङ्खमुल आश्रम सेवा, गाईमाता आश्रम सेवा, स्वर्गद्वारी आश्रम सेवा, मुक्तिनाथ आश्रम सेवा लगायत रहेका छन् । उनी वृद्दाआश्रमको आजिवन सदस्य समेत रहेकी छन्।

उनीलाई एकजना पत्रकारले चिनेको थियो। पत्रकारले फोन गर्दा “मेरो प्रसनल लाईफ छ, मलाई एक्सपोज नगरिदिनुस,नितान्त सेवा मात्रै हो,मेरो पेसासँग नजोडिदिनुस, हामी जतिबेला पनि मिनेट सेकेन्डमा सास छोड्छौ, थाहै हुन्न बाचुन्जेल राम्रो गर्ने हो,मृत्यु सत्य हो,देशमा भ्रष्टाचारको अन्त्य नहुन्जेल तपाईं हामीले कोशिस मात्रै गर्ने हो,मिलेर देशको सेवा गरौं,समाचारतिर नलाग्नुस,

तपाईंको पोस्ट के हो? कहाँ काम गर्नुहुन्छ? भन्दा उनले मान्छेको जात, पोस्ट रङ, ठुलो,सानो हुन्न,कात्रो एउटै हो,

धनी मर्दा खेरी बढी मालामा जल्ने हो, गरीबलाई एउटै नि नहोला, तर जल्ने त आखिर गरीब पनि नाङ्गै जल्ने नै हो,

त्यभएर मेरो पोस्ट,रङ,कामको पछाडी नजोडिदिनुस्, मलाई देखावटी सेवा मन पर्दैन् उनी भन्छिन्, ‘उनलाई मिडियाका पत्रकाहरुले अन्तर्वार्ताका लागि समय माग्दा समेत समय छैन् ,भन्छन् सेवा गरेर मिडियामा देखिनैपर्छ भन्ने के नै छ र? उनी भन्छिन्।

उनी आफुलाई ठूलो र सरकारी कर्मचारी भन्न पनि मन पराउदैनन्। यसैक्रममा उनले जाजरकोटका भुकम्प पीडितहरूलाई समेत आफ्नो एक महिनाको तलब दिएको हेल्पपोस्ट नेपालका एकजना प्रतिनिधिले जानकारी दिएका छन् ।

यस्तै,पीडितहरुलाई राहात दिने क्रममा पत्रकारले नै खोजी गरि उनका बारेमा यी सबै जानकारी र कुराहरु बाहिर ल्याएका हुन्।

यसघि पनि उनी एकजना पत्रकारको सम्पर्कमा रहेको तर न्युजहरु र आफ्नो बारेमा केही कुरा नखोल्ने समाजसेवामा निकै तल्लीन रहेकी छिन् । उनी एक वर्ष अघि पशुपति मन्दिरमा मात्रै पुजा आराधनाका क्रममा उपचार नपाएर तड्पिरहेका र छ्ट्पटिरहेका एकजना एक जना बृद्ध उपचार नपाएर छट्पटी रहेको अवस्थामा भेटिएपछि उनले अस्पताल लगेर उपचार गराएकी थिइन् यो त एक उदाहरण मात्रै हो। यस्ता कामहरू त उनले धेरै गरेको जनाइएको छ ।

हामीलाई प्राप्त जानकारी अनुसार उनी जनसेवा पुरस्करबाट नेपाल सरकारले बिभुषित समेत गरिसकेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.