बैतडी । मेलौलीमा सोमबार दिउँसो एक युवक मृत अवस्थामा फेला परेका छन। मेलौली नगरपालिका–७ ओझागाउँका अन्दाजी ३८ बर्षीय लोकेन्द्र ओझा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।
गाउँकोट कपडा सिलाउन जान्छु भनि हिँडेका ओझाको शब मेलौली नगरपालिका ७ को मङ्गराउ भन्ने स्थानमा फेला परेको हो। सडकबाट करीब ५ मिटर तल उनले शव फेला परेको प्रहरीले जनाएको छ।
ओझाको मृत्युको कारण भने खुलेको छैन्। घटनाको अनुसन्धानका लागि प्रहरी टोली घटना स्थलतर्फ गएको जनाईएको छ। मृत फेला परेका ओझा अपांगता भएका व्यक्ति रहेको बुझिएको छ।