जात्राको लागि मेलौली र दशरथचन्दमा सार्वजनिक बिदा


बैतडी,१ मङ्सिर-

जात्राको लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । जिल्लाको मेलौली नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो । । मेलौली नगरपालिका १ स्थित मेलौली भगवती मन्दिरमा बिहीबार र शुक्रबार बलिसहित भव्य जात्रा लाग्ने गर्दछ ।
बिदाको दुई दिन नगरक्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय,सार्वजनिक संस्था,विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिनुभयो ।
मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी भारबाट पनि दर्शनार्थी आउने गरेका छन् ।
यस्तै सदरमु्कामस्थित दशरथचन्द नगरपालिकाले पनि बिहीबार एक दिन सार्वजनिक दिने निर्णय गरेको छ । नगरप्रमुख नरेन्द्रसिंह थापाले एक सूचना जारी गर्दै नगरपालिकाको गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा बिहीबार कात्तिक शुक्ल चतुदर्शीका दिन जात्रा लाग्ने भएको बिदा दिइएको जनाइएको छ ।
बिदाको .दिन सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय लगायतका कार्यालयमा बिदा रहने जनाइएको छ । जगन्नाथ मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन भव्य जात्रा लाग्ने गरेको छ ।
-विनोद सिंह विष्ट

Leave A Reply

Your email address will not be published.