शिबनाथ मेला ब्यवस्थापन समितिका दुई युवा, मेलालाई मर्यादीत बनाउने

बैतडी । शिबनाथ गाउँपालिका–०६ मा बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ शिबनाथ देवालयको मन्दिर (धाम) रहेको छ। शिबनाथ देवालयको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्ने र सुख शान्ति प्राप्त हुने धार्मिक बिश्वास गरिन्छ।

शिबनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानबाट थोरै माथि शिबनाथ धुरामा रहेको देवालयमा बिभिन्न समयमा मेला तथा पुजापाठ हुने गर्दछ। असोज र चैत महिनाको समयमा नबरात्रा मेला, अषाढ महिनामा अषाढि जाँत, श्रावण महिनामा मेला तथा पुजा र हरेक बर्ष कार्तिक सप्तमि र अष्टमीका दिन भब्य मेला लाग्ने गर्छ।

बिभिन्न समयमा लाग्ने सगै यहि मंसिर ४ र ५ गते मन्दिरमा जात्रा (शिबनाथकि जाँत) लाग्ने भएको छ। हरेक बर्ष कार्तिक सप्तमिको राति (रतेडि) र अष्टमीका दिन लाग्ने (दिउसेडि) मेला यहि मंसिर ४ गते रतेडी र ५ गते दिउसेडी मेला लाग्ने भएको जनाईएको छ।

शिबनाथ गाउँपालिका–०६ शिबनाथ धुरामा अवस्थित शिबनाथ मन्दिरमा लाग्ने मेलामा तल्लो स्वराड क्षेत्रका तिन पालिका मेलौली नगरपालीक, शिबनाथ गाउपालीका र पञ्चेश्वर गाउपालीकाबाट देउराहरु आउन गर्छन। यसैगरि पाटन नगरपालीका, दशरथचन्दँ नगरपालीका लगायतका क्षेत्रबाट समेत देउरा आउने गर्छन।

यस बर्षको मेलाको लागि शुक्रबार मेला ब्यवस्थापन समिति गठन गरिएको छ। समितिमा दुई युवा मुख्य भुमिकामा चयन भएका छन। मेला ब्यवस्थापन समितिको अध्यक्षमा बिर धनाडि (सोराडी) र सचिवमा तपेन्द्र सिह धनाडीलाई सर्बसम्मत चयन गरिएको छ।

कुनैपनि कार्य सम्पन्न गर्नको लागि युवाहरुको आवश्यक्ता बढि हुने भएकाले समितिको मुख्य जिम्मेवारी युवालाई प्रदान गरिएको जनाईएको छ। मेलालाई सभ्य र मर्यादीत तवरले सम्पन्न गर्नको उल्लेखनीय भुमिका निर्वाह गर्ने दुईटै युवाहरुले बताएका छन।

मेलामा हुने झै–झगडा, मेला ब्यवस्थापन समितिले बन्देज गरेको गैरकानुनी काम र मेलामा सहभागि दर्शनार्थीहरुलाई हुने हर किसिमको समस्या समाधान गर्ने युवाहरुले प्रतिबद्धता जनाएका छन। मेलामा कुनैपनि किसिमको असहज भएमा मेला ब्यवस्थापन समितिलाई खबर गरिदिन समेत उनले आग्रह गरेका छन।

मेलामा शिबनाथ गाउपालीका–०५ कफाडिबाट पहरी जाति र ठकुरिहरुको सामुहिक देउरो सगं छालाबाट बनेको भकुण्डो (गिर) जाने गरेको मेला ब्यवस्थापन समिति अध्यक्ष धनाडीले बताएका छन। स्थानिय भाषामा गिर भनेर चिनिने छालाको भकुण्डो उदयदेब महाराज देबताको मेलामा खौल बाधेको रागाँको छालाबाट बनाईने मेला ब्यवस्थापन समिति सचिब धनाडीले जानकारी दिए। पहिला पहिला गिरलाई दिउसेडि मेलाको बिहान धनाडि जाति र साउन जातिल मुख्य रुपमा खेल्ने गरेतापनि हाल अरु जातिहरु र मेलामा सहभागिहरुले खेल्ने गरेको जनाईएको छ।

मेलामा भारतबाट ब्यापारिहर ब्यापार गर्नको लागि समेत पुग्ने गरेका छन। मेलालाई सभ्य भब्य र शान्त बनाउनु शिबनाथ गाउँपालिका–०६ ले र मेला ब्यवस्थापन समितिद्धारा सबैमा आग्रह गरिएको छ। मन्दिर क्षेत्रभित्र मदिरा सेबन बिक्रि बितरण तथा ओसार पोसार गर्न, जुवा तास खेल्न खेलाउन, र अन्य अबैध कृयाकलाप नगर्न आग्रह गरिएको छ।

मेलामा स्थानिय जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देख्न पाइन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

मेलाको अवशरमा शिबनाथ गाउँपालिकाले दुईदिन गाउँपालिका भरी सार्वजनीक बिदा समेत दिएको छ।

Leave A Reply

Your email address will not be published.